चौबिस घण्टामा थपिए ३४८१ जना कोरोना संक्रमित, ३० जनाको मृत्यु

172
Shares

 

काठमाडौँ, २७ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ३० जना संक्रमितको मृत्यु भएको छ । भने आज थप १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार १० हजार ९ सय ७ जनाको पीसीआर बिधीबाट नमुना परीक्षण गर्दा २ हजार ६१६ जना र ५ हजार ७ सय ४९ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

आज दुबै बिधबाट गरी कुल १६ हजार ६५६ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ४ सय ८१ जनाको रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ६६३, भक्तपुरमा १०९ र ललितपुमा १९२ जना गरी काठमाडौँ उपत्यकामा ९६४ जना थपिएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७९६ र भेन्टीलेटरमा १८४जना संक्रमित उपचाररत रहेको प्रबक्ता डा पौडेलले बताए ।

त्यसैगरी हालसम्म नेपालमा पीसीआर एन्टीजेन बिधिबाट गरी कुल ४० लाख ९३ हजार ७०२ जनाको परीक्षण भएको छ । सो परीक्षणबाट ७ लाख ९५ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट १० हजार १८० जनाको निधन भएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *