एकैदिन थपिए ४९०४ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौँ, २६ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ३५ जना संक्रमितको मृत्यु भएको छ । भने आज थप २ हजार १ सय १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार जारी गरेको बिबरण अनुसार १३ हजार २ सय १७ जनाको पीसीआर बिधीबाट नमुना परीक्षण गर्दा ३ हजार १९४ जना र ५ हजार ९ सय ६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको छ ।

आज दुबै बिधबाट गरी कुल १९ हजार १२३ जनाको कोभिड १९ परीक्षण भएकोमा ४ हजार ९ सय ४ जनाको रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुमा २३९ जना गरी काठमाडौँ उपत्यकामा १ हजार १८६ जना थपिएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७६१ र भेन्टीलेटरमा १७६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला १९ र २ सय भन्दा धेरै संक्रमित रहेको जिल्ला १८ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *