काठमाडौँ : दुई दिनमा १ लाख २२ हजार बढीले लगाए भेरोसेलको दोस्रो मात्रा

काठमाडौँ, २४ साउन । कोभिडबिरुद्धको खोप अभियान अन्तर्गत काठमाडौँ जिल्लामा पछिल्लो दुई दिनको अवधीमा १ लाख २२ हजार ३५६ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार शुक्रबार ६८ हजार १३ जना र शनिबार ५४ हजार ३४३ जना गरी १ लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा भेरोसेल खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले दुई दिनको अवधीमा कुल लक्ष्यको ७४.१६ प्रतिशत खोप लगाएको बताए । उनले आज पनि जिल्लाका सबै केन्द्रमा खोप निरन्तर सञ्चालन हुने बताए ।

काठमाडौँमा सोमबार (भोलिबाट) कोभिसिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई एस्ट्राजेनेका खोप दिने योजना छ । त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १४४ वटा खोप केन्द्र तोकिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *