१५ जना बरिष्ठ महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल’ सम्मान

काठमाडौँ, २२ साउन । राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका  १५ जना महिला चिकित्सकहरु सम्मानित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शुक्रबार शितलनिवासमा आयोजित कार्यक्रममा नेपाल चिकित्सक संघले उनीहरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल’ कार्यक्रम अन्तरगर्त सम्मान गरेको हो ।

सम्मानित हुने वरिष्ठ चिकित्सकहरुमा प्राडा दिव्या श्री मल्ल, प्राडा रिता थापा, प्राडा सरस्वती पाध्ये, प्राडा दिव्या सिंह शाह, प्राडा आशा थापा, प्राडा संगीता भण्डारी, प्राडा चन्दा कार्की रहेका छन् ।

यसैगरी प्राडा सानुमैयाँ दली, प्राडा अचला वैद्य, प्राडा सुधा अग्रवाल, प्राडा किरण रेग्मी, प्राडा तारा मानन्धर, प्राडा सुधा शर्मा, डा राधा शाह र डा कुसुम थापा रहेका छन्।

सम्मान पछि जारी विज्ञप्तीमा संघले नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्ने प्रयोजनार्थ परिकल्पना गरिएको नयाँ कार्यक्रम भएको जनाएको छ ।

उसले भावी पुस्ताका लागि एउटा सार्वजनिक फोरमको स्थापना गरेर नयाँ पुस्ताका चिकित्सकहरुका लागि तालिम, सेमिनार तथा वर्कसप मार्फत सम्मानित चिकित्सकहरुको अनुभव, ज्ञान र मार्गनिर्देशलाई व्यवहारमा परिणत गर्ने उद्देश्य राखिएको समेत जानकारी दिएको छ ।

सम्मानका लागि महिला चिकित्सक छनौट गर्न नेपाल चिकित्सक संघले संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरिएको थियो ।

उक्त छनौट समितिको सिफारिस बमोजिम चिकित्सा जगतका अग्रणी नक्षेत्रको रुपमा स्थापित भएका महिला चिकित्सकलाई सम्मान गरिएको संघले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *