बुधबार थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४ सय १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार १६ हजार २९८ जनाको कोभिड १९ परीक्षण भएकोमा ४ हजार १०७ जनाको रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठामाडौँमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना गरी काडमाडौँ उपत्यकामा १ हजार २७९ जना थपिएका छन् ।

त्यसैगरी आज थप १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७१४ र भेन्टीटरमा १५६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *