बुधबार थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार ४ सय १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार १६ हजार २९८ जनाको कोभिड १९ परीक्षण भएकोमा ४ हजार १०७ जनाको रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये काठामाडौँमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना गरी काडमाडौँ उपत्यकामा १ हजार २७९ जना थपिएका छन् ।
त्यसैगरी आज थप १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । थप ३५ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ७१४ र भेन्टीटरमा १५६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




