डा. जागेश्वरले भने, ‘आइतबारको घटनाप्रति दुख व्यक्त गर्दछु’

काठमाडौँ, १९ साउन । कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले गत आइतबारको घटना प्रति दुख व्यक्ति गरेका छन् । उनले छलफलका क्रममा केही कर्मचारी साथीहरुबीच ठेलम ठेलका कारण स्थिति असहज हुन पुगेपछि प्रहरी प्रशासनको सहयोग लिन परेको समेत स्पष्ट पारेका छन् ।

मंगलबार विज्ञप्ती जारी गर्दै उनले कोभिड महामारीको कारण अस्पतालको आम्दानीमा ह्रास आएता पनि कर्मचारीको तर्फबाट सेवा सुविधामा कुनै कमि नभएको भन्दै खाईपाई आएको सुविधा प्राप्त गर्ने विषयमा कामहरु अघि बढि रहेको बताएका छन् ।

आइतबार बार्ताका बीचमा झगडा उत्पन्न भएपछि अस्पताल प्रशासनले प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिएको थियो । सो क्रममा केही कर्मचारी तथा स्वास्थ्यकर्मीहरु घाइते समेत भएका थिए ।

आइतबारको घटनाले उग्र रुप लिएपछि सोमबार डा गौतमको प्रसूतिगृह अस्पतालमा सरुवा भएको खवर सार्वजनिक भएको थियो । तर प्रधानमन्त्री कार्यालयबाट सरुवा तत्कालका लागि स्थगित गर्ने निर्देशन आएपछि डा गौतमले आज पनि कार्यलयमा पुगेर आफ्नो कार्यलाई निरन्तरता दिएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *