एआईएनद्धारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग

काठमाडौँ, १५ साउन । एसोसिएशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाल (एचजेएफएन)लाई स्वास्थ्य सामग्री (कोभिड किट) सहयोग गरेको छ ।  कोभिडबिरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि भन्दै एआईएनले साढे ३ लाख बढीको स्वास्थ्य सामग्री (कोभिड किट) सहयोग गरेको हो ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एआईएनका अध्यक्ष डा सुशील कोइरालाले एचजेएफएनका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सामग्री हस्तान्तरण गरे । सो अवसरमा बोल्दै एआईएनका अध्यक्ष डा. कोइरालाले कोभिड महामारी शुरु भए यता अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारहरुको सुरक्षाका लागि एआईएनमा आवद्ध विभिन्न संस्थाले कोभिड किटको रुपमा स्वास्थ्य सामग्री उपलव्ध गराएको बताए । उनले आगामी दिनमा मञ्चसंग स्वास्थ्यका विषयमा सहकार्य गरी अघि बढ्ने जानकारी दिए ।

एचजेएफएनका अध्यक्ष रामप्रसाद न्यौपानेले कोभिड महामारीका बेला संक्रमणको जोखिम नभनी दिनरात फिल्डमा खटिने स्वास्थ्य पत्रकारको स्वास्थ्यको चिन्ता लिदै स्वास्थ्य सामग्री सहयोग गरेकोमा एआईएनलाई धन्यवाद दिए । उनले भविस्यमा पनि एआईएनसंग स्वास्थ्यका विषय सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।

एआईएनले उपलव्ध गराएको कोभिड किटमा सर्जिकल तथा एन- ९५ मास्क, डिजिटल थर्मोमिटर, अक्सिमिटर, ह्याण्ड स्यानिटाइजर, फेसशिल्ड, सावुन लगायत अत्यावश्यक सामग्री रहेको छ ।

एआईएनलाई उक्त सामग्री फेयर मेड, आइपास, आड्रा, वाटर एड, दामिएन फाउण्डेशन, एफएचआई ३६० ईपिक प्रोजेक्ट गरी ६ वटा संस्थाले उपलब्ध गराएको हो। एचजेएफएनले ती स्वास्थ्य सामग्री फिल्डमा खटिएका सबै स्वास्थ्य पत्रकारलाई वितरण गरिने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *