शुक्रबार १४ हजार ६६१ परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि

152
Shares

काठमाडौँ, १५ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार आज ९ हजार ७ सय ८३ जनाको पीसीआर बिधिबाट र ४ हजार ८ सय ७८ जनाको एन्टीजेन विधिबाट गरी १४ हजार ६ सय ६१ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ६ सय ११ जनाको रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज थप १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ । त्यस्तै गत चौबिस घण्टा नेपालमा थप २७ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९ हजार ८ सय ३४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *