शुक्रबार १४ हजार ६६१ परीक्षण गर्दा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १५ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार आज ९ हजार ७ सय ८३ जनाको पीसीआर बिधिबाट र ४ हजार ८ सय ७८ जनाको एन्टीजेन विधिबाट गरी १४ हजार ६ सय ६१ जनाको कोभिड १९ परीक्षण भएकोमा ३ हजार ६ सय ११ जनाको रिपोट पोजेटिभ आएको हो ।
त्यसैगरी आज थप १ हजार ८ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ५२ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ । त्यस्तै गत चौबिस घण्टा नेपालमा थप २७ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९ हजार ८ सय ३४ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]