चीनसँग खरीद गरिएको आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

काठमाडौं, १५ साउन । चीनसँग नेपाल सरकारले खरिद गरेको  आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजबाट शुक्रबार दिउँसो २ः०५ बजे आठ लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

यसअघि निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको छ। सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज खोपको मध्ये अन्तिम खोप आज ल्याइएको हो ।

चीनबाट यो खोप आएसँगै नेपालमा कोरोना भाइरसविरूद्धको खोप ९७ लाख ८२ हजार डोज आइपुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *