ललितपुर महानगरपालिकामा आजबाट ४५ बर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा दिईदै

काठमाडौँ, १५ साउन । ललितपुर महानगरपालिकाले आजबाट ४५ बर्ष माथिका व्यक्तिलाई भेरोसेल खोप दिने भएको छ । महानगरपालिका भित्र रहेका २९ वटै वडामा आगामी १७ साउनसम्म भेरोसेल खोप दिने भएको हो ।

महानगरपालिकाले १८ साउनका दिन भने जोनसन एण्ड जोनसन खोप दिने उल्लेख गरेको छ । त्यसको विस्तृत जानकारी पछि उल्लेख गर्ने समेत महानगरपालिकाद्धारा जारी सूचनामा बताइएको छ ।

जिल्लाका अरु नगरपालिका तथा गाँउपालिकामा भने विहीबार देखि नै खोप सुरु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *