जोनसन एण्ड जोनसनको खोप चाहियो भन्दै प्रहरी अस्पतालमा नाराबाजी

फाइल फोटो

काठमाडौँ, १४ साउन । नेपाल प्रहरी अस्पतालमा खोप लगाउन गएकाहरुले आफूहरुलाई जोनसन एण्ड जोनसन कम्पनीकै खोप लगाईदिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । उनीहरुले आजको भेरोसेल खोप लगाउने कार्यक्रमलाई समेत अवरुद्ध पारेका छन् ।

प्रहरी अस्पताल केन्द्रमा खोप अनिवार्य गरिएका देशहरुमा जानेहरुका लागि खोप दिने व्यवस्था गरिएको थियो । त्यहाँ नाराबाजी गर्नेहरु विदेश जानेहरु हुन् ।

हामी जाने देशमा भेरोसेललाई मान्यता दिएको छैन् । त्यसैले जानसेन खोप नै चाहिन्छ । नाम उल्लेख नगर्ने एक व्यक्तिले भने ।

नाराबाजी गरेपछि स्वास्थय सेवा विभागको टोली समेत त्यहाँ पुगेको छ । ‘उहाँहरुले जानसन खोपनै खोज्नु भएको रहेछ । अहिले त हामीसंग अहिले त्यो उपलव्ध छैन्,’ खोप शाखा प्रमुख डा. झलक गौतमले भने ।

काठमाडौँ उपत्यकामा आज देखि ५० बर्ष माथिका नागरिक, अत्यावश्यक सेवामा खटिने कर्मचारी, विदेश जाने नागरिकलाई पहिलोमात्रा खोप दिन शुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *