काठमाडौँ उपत्यकामा आजबाट ५० बर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा दिईदै

212
Shares

काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा आजबाट ५० बर्ष माथिका व्यक्तिलाई कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिईदै छ । यस्तै यसअघि छुटेका अत्यावश्यक सेवाका व्यक्ति तथा खोप अनिवार्य गरेका देशमा जाने नेपालीका लागि पनि खोप दिने व्यवस्था गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँले ३२ वटा वडा र अरु ७ वटा अस्पताल गरी ३९ स्थानमा खोप लगाउने व्यवस्था मिलाएको प्रमुख बद्रीबहादुर खड्काले बताए ।

उनले वडा कार्यालयमा आम सर्वसाधारण, पाँचवटा अस्पताल तथा आइसोलेसन सेन्टरमा अत्यावश्यक सेवामा खटिएका व्यक्ति र नेपाली सेना र प्रहरी अस्पतालमा विदेश जानेका लागि खोप लगाउने व्यवस्था मिलाइएको बताए । उनले खोप १८ साउनसम्म चल्ने जानकारी दिए ।

यसैबीच स्वास्थ्य कार्यालय ललिपतुर र भक्तपुरले पनि आजबाटै खोप सेवा सञ्चालन हुने जनाएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *