कानून उल्लंघन गर्दै सूर्य नेपालले यसरी गर्दैछ चुरोटका विज्ञापन

काठमाडौँ, १३ साउन । नेपालको कानूनले सूर्तीजन्य पदार्थको विज्ञापन गर्न पूर्ण रुपमा रोक लगाएको छ । कानूनले खुद्रा रुपमा चुरोट विक्री वितरण गर्न प्रतिवन्ध नै लगाएको छ । तर सूर्ती उद्योगीहरुले कानूनको ठाडो उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्न थालेका छन् ।

पछिल्लो समय खुद्रा पसलमा चुरोटका पोष्टरहरु टासिन थालेका छन् ।

सूर्य नेपाल प्रालिले किराना पसलहरुमा आफ्ना विभिन्न ब्राण्डका चुरोटहरु विज्ञापन गर्दै खुद्रा तथा थोक मूल्यहरुको पोष्टर बनाएर टाँस्न थालेको छ ।

सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १० ले चुरोट लगायतका कुनै पनि सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने उल्लेख छ ।
बागबजारको एउटा किराना पसलमा सूर्य नेपाल प्रालिले विभिन्न ब्राण्डका चुरोटहरुको विज्ञापन यसरी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *