देशभर थप ३११४ जनामा कोरोना संक्रमण, २१९७ डिस्चार्ज

296
Shares

काठमाडौँ, ९ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३ हजार १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । यहि थप २ हजार १ सय ९७ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । त्यसैगरी आज थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ११ हजार ६ सय २५ जनाको पीसीआर बिधिबाट र ४ हजार २ सय ८५ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ९ सय १० जनाको कोभिड १९ परीक्षण भएको छ । उक्त परीक्षणबाट ३ हजार १ सय १४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जना गरी काठमाडौँ उपत्यकामा ६१५ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय ५७ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६५० र भेन्टीलेटरमा १६५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ , ललितपुर, भक्तपुर, मकवानपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र नवलपरासी पूर्व गरी ११ वटा छन् भने २४ जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *