काठमाडौँमा खोप लगाउन अब अनलाइन फारम भर्नुपर्ने

1.2k
Shares

काठमाडौँ, ९ साउन । स्वास्थ्य कार्यालय काठमाडौँले कोभिडविरुद्धको खोप लगाउन अब अनलाइन फारम (विद्युतीय दर्ता) भर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत १ साउनको पत्र अनुसार आफूहरुले यस्तो निर्णय गरेको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

उनका अनुसार अब ५० वर्ष वा सो भन्दा मुनि र १८ बर्षमाथिका नागरिकले कोभिडविरुद्धको खोप लगाउनका लागि अनलाइन दर्ता नम्बर ल्याउनु पर्दछ । सो भन्दा माथि उमेरकाले पनि फारम भर्न अनिवार्य छ ।

खड्काले यो विषयका बारेमा काठमाडौँ महानगर र नगरपालिकाहरुमा यसको पत्रचार भइसकेको भन्दै खोप लगाउन छुटेका सबै काठमाडौँबासीलाई आजै अनलाइनमा आफ्नो नाम दर्ता गर्न सुझाव दिए ।

स्वास्थ्य कार्यालय काठमाडौँले आगामी मंगलबार बुधबारबाट खोप लगाउने तयारी गरेको छ ।

‘अब आइतबार चीनबाट खोप आएपछि काठमाडौँले पनि पाउने कुरा छ । पाइयो भने मंगलबार बुधबारतिरबाट अभियान सञ्चालन गर्नेछौँ,’ खड्काले भने ।

विभिन्न प्राथमिकता निर्धारण गरि काठमाडौँमा यसअघि कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसनको खोप दिईसकेको छ । अबको पालो पुन:  भेरोसेल हुने देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *