प्रधानमन्त्री देउवाले आज काठमाडौँ र ललितपुरका सातवटा खोप केन्द्रको निरीक्षण गर्ने


काठमाडौँ, ४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ र ललितपुरका गरी सातवटा खोप केन्द्रको अनुगमन निरीक्षण गर्ने भएका छन् । उनले विहान १० बजे देखि खोप केन्द्रको अनुगमन र निरीक्षण गर्ने भएका हुन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार विहान १० बजे नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र शैनिक अस्पताल छाउनी, नेपाल निजामती कर्मचारी अस्पताल मिनभवन, वीर अस्पताल, कुपण्डोल खोप केन्द्रको निरीक्षण गर्नेछन् ।

प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता जनतालाई निशुल्क खोप उपलव्ध गराउने हो भन्दै आएका छन् । आजबाट बागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला सहित काभ्रेमा जोनसन एण्ड जोनसन खोप चल्दै छ ।

यस्तै गण्डकी प्रदेशमा तनहुँ, कास्की, लमजुङ, बागलुङ लगायतका जिल्लामा पनि जोनसन एण्ड जोनसन खोप शुरु हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *