कोरोना खोप खरिद प्रक्रिया चुस्त बनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरुद्धको खोप खरिद प्रक्रियालाई अघि बढाउन निर्देश दिएका छन् ।

प्रधानमन्त्री देउवाले  आइतबार  सिंहदरवारमा स्वास्थ्य मन्त्रालय, मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर सो निर्देशन दिएका हुन् ।

साथै उनले देशैभर खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन र कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।

यसअघि, प्रधामन्त्री देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य मन्त्रालयका सचिवलगायतसँग खोप खरिद प्रक्रियालाई चुस्त बनाउन निर्देशन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *