शनिबार थपिए १८७५ जना कोरोना संक्रमित, २१६४ जना डिस्चार्ज

काठमाडौँ, २ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा  २ हजार १ सय ६४ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।  त्यसैगरी थप २१ जना संक्रमितको मृत्यु भएको छ । ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जना गरी काठमाडौँ उपत्यकामा ४२८ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ६ हजार ८ सय ५८ जनाको पीसीआर बिधिबाट र ३ हजार २ सय ८ जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार ६६ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १ हजार ८ सय ७५ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५८३ र भेन्टीलेटरमा १७६ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *