शुक्रबार थपिए २९३६ जना कोरोना संक्रमित, ४३ जनाको मृत्यु

280
Shares

काठमाडौँ, १ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप ४३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १ हजार ७ सय ७५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना गरी काठमाडौँ उपत्यकामा ५४१ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ९ हजार ६ सय १३ जनाको पीसीआर बिधिबाट र ४ हजार ५ सय ६९ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार १ सय ८२ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ९ सय ३६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७८ र भेन्टीलेटरमा १७४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *