शुक्रबार थपिए २९३६ जना कोरोना संक्रमित, ४३ जनाको मृत्यु

काठमाडौँ, १ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप ४३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १ हजार ७ सय ७५ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३४३, भक्तपुरमा ६२ र ललितपुरमा १३६ जना गरी काठमाडौँ उपत्यकामा ५४१ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ९ हजार ६ सय १३ जनाको पीसीआर बिधिबाट र ४ हजार ५ सय ६९ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार १ सय ८२ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ९ सय ३६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५७८ र भेन्टीलेटरमा १७४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *