स्वास्थ्यकर्मीको जोखिम भत्ता एक साता भित्रै उपलव्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, २९ असार । सरकारले कोभिड – १९ को बिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पाउने भनिएको जोखिम भत्ता एक साता भित्र उपलव्ध गराउने निर्णय गरेको छ ।

नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्षतामा आज बसेको पहिलो मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सञ्चारकर्मीसंग निर्णय सुनाउँदै कानून मन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता एक साता भित्रै उपलव्ध गराउने निर्णय भएको बताए ।

कतिपय स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले सरकारले घोषणा गरेको जोखिम भत्ता नपाएको बताउँदै आएका छन् ।

सरकारले कोभिडबिरुद्ध खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

चैत भित्र सबै नेपालीलाई कोभिडबिरुद्धको खोप दिईने

यस्तै बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *