ललितपुरमा २ र ३ साउनमा भेरोसेल खोपको पहिलो मात्रा दिईने

काठमाडौँ, २९ असार । कोभिडविरुद्धको खोप लगाउने अभियान अन्तगर्त स्वास्थ्य कार्यालय ललितपुरले अगामी २ र ३ साउनमा भेरोसेलको पहिलो मात्रा लगाउने कार्यको थालनी गर्दैछ ।

जिल्लाभर एकैपटक खोप अभियान सञ्चालन गर्ने योजना अनुरुप २ र ३ साउनका लागि दिन तोकिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए ।

उनले भने, ‘नगरपालिका र गाँउपालिकामा खोप आजैबाट सञ्चालन गर्न पनि समस्या छैन् । तर महानगर भित्र केही वडाहरुमा अरु केही कारणले गर्दा एक दुई दिनपछि मात्रै सञ्चालन गर्नुपर्ने भयो । जिल्लाभर एकैपटक नगर्दा झनै गञ्जागोल हुने भएकोले हामीले २ र ३ साउनको दिन तोकेका हौँ ।’

उनले सो दिन ५५ देखि माथिका सबै, शिक्षक प्राध्यापक, सवारी चालक, सहचालक, वैदेशिक रोजगारमा जानेहरु जहाँ खोप अनिवार्य गरेको छ, ती समूहलाई खोप दिने योजना भएको सुनाए ।

उनले भेरोसेल लगाई सकेपछि मात्रै जोन्सन एण्ड जोन्सनको खोप दिने योजना भएको सुनाए ।

स्वास्थ्य कार्यालय काठमाडौँले भने आजैबाट केही ठाँउमा खोप चलाउने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *