भोली देखि ५५ बर्ष माथिका सबैलाई भेरोसेल दिईदै, शिक्षक प्राध्यापक देखि ड्राइभरसम्म समेटियो

काठमाडौँ, २८ असार । सरकारले भोलि ( २९ असार) देखि नै कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो डोज सञ्चालन गर्ने दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा ५५ बर्ष देखि माथिका खोप पाउन सबै व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको छ ।

यस्तै विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई पनि यसैपटक भेरोसेल खोप दिईदै छ । यस्तै सरकारले तोकेको अत्यावश्यक सेवामा सम्लग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई पनि खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा झलक गौतमले २९ असार देखि बागमती, लुम्विनी र गण्डकी प्रदेशमा खोप अभियान सञ्चालन गरिने र बाँकी प्रदेशमा चीनबाट खरीद गरिएको थप खोप आएपछि सुरु हुने बताए ।

५० देखि ५४ बर्ष उमेर समूहका लागि जान्सन खोप
डा गौतमले कोभ्याक्स सुविधा अन्तरगत आएको जोन्सन एण्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ बर्ष उमेर समूहका लागि लगाउने निर्णय भएको सुनाए । तर यो खोप भेरोसेल खोप लगाइसकेपछि मात्रै सुरु हुने उनले स्पष्ट पारे ।

यद्धपी, उनले यो खोप पनि एक साता भित्रै सुरु हुने दावी गरे । ‘भेरोसेल लगाई सकेपछि यो खोप लगाइने हो तर यो कार्य एक साता भित्रै सुरु हुन्छ,’ डा गौतमले भने ।

यो खोप पूर्ण र अति अशक्त अपांगता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थयकर्मी तथा सरसफाईकर्मीलाई दिइने समेत सुनाए । यो खोप एक डोज लगाए मात्रै पुग्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *