देशभर थप २३७० जनामा कोरोना संक्रमण, ११३३ संक्रमणमुक्त
काठमाडौँ, २८ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार १ सय ३३ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।
जसमध्ये काठमाडौँमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना गरी काठमाडौँ उपत्यकामा ४३३ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार ७ हजार ६ सय ८९ जनाको पीसीआर बिधिबाट र ३ हजार ८ सय ९५ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ५ सय ८४ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ३ सय ७० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ५४९ र भेन्टीलेटरमा १६३ जना उपचाररत रहेका छन् ।
त्यसैगरी आज थप १८ जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको मन्त्रालयले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]