चितवनका २ जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

काठमाडौँ, २८ असार । भरतपुर महानगरपालिकाका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको छ। भरतपुर अस्पतालको पिसिआर प्रयोगशालामा पोजिटिभ देखिएका पाँच जनामध्ये २ जनामा डेल्टा भेरियन्ट पुष्ट भएको हो।

भरतपुर अस्पतालले ५ वटा नमुनालाई काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। उक्त जनस्वास्थ्य प्रयोगशाला मार्फत २ वटा नमुना अन्तराष्ट्रिय प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएको थियो। सो क्रममा दुवै नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पहिलो लहरको अल्फा भेरियन्ट भन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ। र यसले बालबालिका देखि बृद्धबृद्धासम्मका सबै उमेर समूहका ब्यक्तिलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको बिज्ञहरुले बताएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका २ जिल्ला  स्याङजा र गोरखामा पनि आइतबार  पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *