मानसिक अस्पताल पाटनका विशेषज्ञ डा सुदिप अर्याल मृत अवस्थामा फेला

3.3k
Shares

काठमाडौँ, २७ असार । मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा सुदिप अर्याल मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा  मृत अबस्थामा फेला परेको हो ।

डा अर्याल करीब एक बर्ष देखि मानसिक अस्पताल पाटनमा कार्यरत थिए ।

मानसिक अस्पताल स्रोतका  अनुसार डा अर्याल आज विहान मैतिदेवी छेउमा रहेको अपोलो क्लिनिकमा विरामी हेर्न गएका थिए । त्यहाँ बिरामी हेरेर बबरमहलस्थित घरमा आएका उनी ९ बजेतिर अस्पताल जान्छु भन्दै हिडेका थिए ।

तर बीच बाटोबाटै अस्पतालका सहकर्मीलाई सन्चो नभएको भन्दै आउन नसक्ने बताएका थिए ।

गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अस्पताल स्रोतले मृत्युको कारण एकीन नभएको भन्दै प्रहरीले त्यसबारे अध्ययन अनुसन्धान गरिरहेको बतायो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *