गण्डकी प्रदेशका ५ जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

पोखरा, २७ असार । गण्डकी प्रदेशमा ५ जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टिभएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया महिला र स्याङ्जा कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुष गरी ५ जनामा डेल्टा भेरियन्ट (बि.१.६१७.२) पुष्टिभएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले पहिलो अल्फा भेरियन्ट भन्दा यो भेरिएन्टमा संक्रमण दर उच्च हुने भएकाले सुरक्षाका मापदण्ड अपनाई थप सर्तकता अपनाउन सबै नागरिकलाई आग्रह गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *