अब कोभिडबिरुद्धको खोपको समस्या हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडबिरुद्धको खोपको समस्या नहुने बताएका छन् । आइतबार वीर अस्पतालको नव निर्मित सर्जिकल ब्लकको उदघाटन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

‘कोभिडबिरुद्धको खोप अव सहज हुँदैछ । अस्ति पनि आयो, भोलि पनि आउँदैछ । अब नियमित रुपमा आउने व्यवस्था मिलाएका छौँ । त्यसैले अब कोभिड खोपको समस्या हुँदेन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ बर्ष भित्रै मोटामोटी रुपमा खोप लगाएर सक्ने योजना रहेको समेत सुनाए । ‘सकेसम्म हामीले अहिले चलि रहेको अंग्रेजी नयाँ वर्ष भित्रै मोटामोटी रुपमा खोप लगाएर सक्ने भन्ने छ । यसमा केही तलमाथि हुनसक्छ,’ उनले भने ।

सबै भन्दा पुरानो वीर अस्पतालको सेवा सुधारका लागि सरकारले आवश्यक सहयोग गरिरहेको भन्दै स्वास्थ्यकर्मीहरुलाई सोही अनुसार काम गर्न बताए ।

उनले अस्पतालमा आवश्यक भएका उपकरण मात्रै खरीद गर्न निर्देशन दिए । अस्पतालहरुमा आवश्यक नभएका उपकरण पनि खरीद गर्ने र प्रयोगमा नल्याउने चलन रहेको भन्दै यस्तो नगर्न समेत उनले वीर अस्पतालका पदाधिकारीहरुलाई सचेत गराए ।

चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा डीएन साहले वीर अस्पताल सबैभन्दा ओपिडी विरामी हेर्ने, सबैभन्दा बढी निशुल्क उपचार गर्ने र कोभिडको समयमा सबैभन्दा बढी कोभिड संक्रमितको डायालासिस अस्पताल भएको सुनाए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले नयाँ भवन सञ्चालनमा आएसंग अस्पतालको स्तरोन्नती गर्दै अघि बढने बताए । उनले अब दैनिक ७५ वटा सर्जरी, मासिक १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने लगायतका योजना सुनाए ।

यस्तै २५ बेडको आकस्मिक कक्षलाई १०० बेड, १०० बेडको आइसीयूलाई २०० बेड र १५ बेडको डायलासिसलाई १०० बेडमा स्तरोन्नती गर्ने सुनाए ।

वीर अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट र एउटा लिक्वीड अक्सिजन प्लान्ट जडान भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *