शनिबार देशभर थपिए २१६९ जना कोरोना संक्रमित, १४३२ डिस्चार्ज

काठमाडौँ, २६ असार । शनिबार देशभर थप २ हजार १६९ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप १ हजार ४३२ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । भने थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ६ हजार ५ सय ३० जनाको पीसीआर बिधिबाट र ३ हजार ८ सय ८७ जनाको एन्टीजेन विधिबाट गरी कुल १० हजार ४ सय १७ जनाको कोभिड (१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार १ सय ६९ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

यो संगै नेपालमा हालसम्म कुल ३४ लाख ९ हजार ९४० पीसीआर बिधिबिाट नमुना परीक्षण गर्दा ६ लाख ५४ हजार २१२ जनामा र २ लाख ३१ हजार ९४ एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४३ हजार ४५ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ जसमा ६ लाख १८ हजार ३६१ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३६२ पुगेको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ५४३ र भेन्टीलेटर १५५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *