काठमाडौँमा एकै दिन ३२ हजार बढीले लिए ‘भेरोसेल’को दोस्रो डोज

मंगलबार त्रिवि शिक्षण अस्पताल खोप केन्द्रमा भेरोसेल लगाउन लामवद्ध सर्वसाधारण

काठमाडौँ, २३ असार । पछिल्लो पटक शुरुभएको कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउने अभियान अन्तरगर्त मंगलबार (पहिलो दिन) काठमाडौँ जिल्लामा मात्रै ३२ हजार बढीले खोप लिएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मंगलबार जिल्लामा तोकिएका ३२ वटा केन्द्रबाट ३२ हजार १४ जनाले खोप लगाएका हुन् ।

काठमाडौँ स्वास्थ्यका प्रमुख बद्रीबहादुर खड्काका अनुसार जिल्लामा पहिलो डोज भेरोसेल लगाई दोस्रो डोज लगाउनुपर्नेको संख्या ४७ हजार २८४ रहेको छ । त्यसमध्ये मंगलबार पहिलो दिन नै ३२ हजार १४ जनाले खोप पाउँदा कभरेज दर ४७.५८ प्रतिशत पुगेको छ ।

स्वास्थ्य प्रमुख खड्काले मंगलबार बढी भीड भएका महानगर भित्रका ठाँउमा नाम दर्ता गर्ने र खोप लगाउने प्राविधिकको संख्या दोब्बर गर्न निर्देशन दिएको बताए ।

सरकारले गत २५ जेठ देखि पहिलो डोज भेरोसेल लिएका र त्यसअघि नै पहिलो डोज लिई विविध कारणले दोस्रो डोज खोप लिन नपाएका गरी करीव पाँच लाख जनालाई यसपटक दोस्रो डोज खोप दिने लक्ष्य राखेको छ ।

हिजो पहिलो दिन देशभर करीब ८३ हजार जनाले दोस्रो डोज भेरोसेल लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । यसपटक दोस्रो डोज खोपका लागि ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्ति प्राथमिकतामा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *