गण्डकीको प्रदेश स्वास्थ्य निर्देशक बने खिमबहादुर खड्का

808
Shares

पोखरा, २१ असार । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा खिमबहादुर खड्का नियुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खड्कालाई स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरको हो ।

खड्का हेल्थ इन्सपेक्सन समूहका ११ औँ तहका कर्मचारी हुन् । यसअघि उनी प्रदेश स्वास्थ्य तालिम केन्द्र र आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारीमा थिए ।

प्रदेश स्वास्थ्य निर्देशक रहेका डा. विनोदबिन्दु शर्मा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव भएर गएपछि उक्त पद रिक्त भएको थियो ।

निर्देशक खड्काले आजैबाट प्रदेश स्वास्थ्यको जिम्मेवारी सम्हालेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *