देशभर थपिए १६०३ जना कोरोना संक्रमित, २५५२ संक्रमणमुक्त

काठमाडौँ, २० असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको छ । यहि अवधीमा थप २ हजार ५५२ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । आज थप २७जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले आइतबार दिएको जानकारी अनुसार ४ हजार ८ सय ७६ जनाको पीसीआर बिधिबाट र ३ हजार २ सय ५६ जनाको एन्टीजेन विधिबाट गरी कुल ८ हजार १ सय ३२ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल १ हजार ६०३ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३४२ ,भक्तपुरमा ३१ र ललितपुरमा ८८ जना गरी काठमाडौँ उपत्यकामा ४६१ जना थपिएका छन् ।

यो संगै नेपालमा पीसीआर एन्टीजेन बिधिबाट गरी कुल ३५ लाख ७२ हजार ७९० नमुना परीक्षण भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । भने निको हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार २२५पुगेको प्रबक्ता पौडेलले जानकारी गराए ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ६०८र भेन्टीलेटर १८१ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *