रोकिएको ‘कोभिसिल्ड’ खोपको दोस्रो मात्रा एक महिना भित्रै दिईदै

काठमाडौँ, २० असार । झण्डै सत्र हप्ता अघि पहिलो डोज कोभिसिल्ड खोप लगाई लगाएका नागरिकले अब एक महिना भित्र दोस्रो डोज लगाउन पाउने भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्यालले एक महिना भित्र रोकिएको कोभिसिल्डको दोस्रो डोज खोप पाउने बताएका हुन् ।

गत २३ फागुन देखि कोभिसिल्ड खोप लगाएका ६५ बर्ष माथिका नागरिक, कतिपय जनप्रतिनिधि, कर्मचारी लगायतले खोप अभावमा दोस्रो डोज लिन पाएका छैनन् । सचिव अर्यालले भने, ‘खोप कहाँबाट आउँछ भनेर नसोध्नुस तर एक महिना भित्र रोकिएको दोस्रो डोज कोभिसिल्ड लगाउन पाउनु हुन्छ ।  जहाँबाट भएपनि खोप आउँछ र उहाँहरुले लगाउन पाउनुहुन्छ । ‘

सिरम इन्स्टीच्युटबाट उत्पादित खोप कोभिसिल्ड निर्यातमा भारतले रोक लगाएपछि सरकारले ८ हप्तामा दिने दोस्रो डोज बढाएर १२ हप्ता पुरयाएको थियो । १२ हप्तामा समेत दोस्रो डोज लगाउन नसकेपछि पुन १६ हप्तामा दिने भनेको थियो । विज्ञहरुले भने पछिल्ला अनुसन्धानहरुले दोस्रो डोजमा ढिलाई भएपनि प्रभावकारी भएको पाइएको भन्ने गरेका छन् ।

सचिव अर्यालले खोपमा सोचे भन्दा राम्रो प्रगति भएको भन्दै अव निरन्तर रुपमा खोप आउने बताए । ‘तपाईँहरुले सोचें भन्दा राम्रो भएको छ । खोप अब आउँछ । खोपमा अब समस्या हुँदेन्,’ उनले भने ।

सरकारले यसै साता चीनबाट खरीद गरेको १० लाख डोज खोप ल्याउँदै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *