आगामी शुक्रबार चीनबाट १० लाख डोज भेरोसेल खोप आउने

काठमाडौँ, १८ असार । सरकारले चीनबाट खरीद गरेको कोभिडबिरुद्धको खोप (भेरोसेल) को १० लाख डोज आगामी शुक्रबारसम्म काठमाडौँ आइपुग्ने भएको छ । खोप लिन नेपाल एयरलायन्सको वाइडबडी विमान आगामी बिहीबार बेइजिङ जाने भएको छ ।

नेपाल बायुसेवा निगमका प्रवन्ध निर्देशक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन आगामी बिहीबार नेपाल एयरलायन्सको विमान बेइजिङ जाने बताए । उनले भने, ‘आगामी ८ तारिखका दिन बेइजिङ जाने र ९ तारिख (शुक्रबार) फर्कने कार्यक्रम बनेको छ । यो लटमा १० लाख डोज खोप आउने छ ।’

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसंग ४० लाख डोज भेरोसेल खोप खरीदका लागि नन् डिस्क्लोजेवल एग्रिमेन्ट गरेको छ । त्यसैको पहिलो लट आगामी शुक्रबार आउन लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले १० लाख ल्याएपछि अरु खोप पनि चरणबद्ध रुपमा आउने बताएका छन् ।

यसअघि चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदानमा पठाईसकेको छ । यो खोप अहिले १८ बर्ष देखि माथि उमेर समूहका लागि दिईदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *