बरिष्ठ नर्सिङ प्रशासक साबित्री पौडेल बनिन् बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक

काठमाडौँ, १७ असार । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक जिम्मेवारी सावित्री पौडेललाई दिइएको छ । बिहीबार सामाजिक विकास मन्त्रालयले रिक्त निर्देशक पदमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त निर्देशकको रुपमा काम गर्ने गरी जिम्मेवारी दिएको हो । पौडेल १० औँ तहकी बरिष्ठ नर्सिङ प्रशासक हुन् ।

प्रदेश स्वास्थ्य निर्देशक रहेका रमेश अधिकारी गत ५ असारमा अनिवार्य अवकास लिएपछि सो पद खाली थियो । एघारौँ तह पद भएपनि तत्काल काम काज गर्नका लागि निर्देशनालयकै सबैभन्दा बरिष्ठतम कर्मचारीमध्येबाट पौडेललाई छनौट गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशभर एघारौँ तहको तीनवटा पद छ । प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्य निर्देशनालय । अहिले यी तीनमध्ये प्रदेश स्वास्थ्य तालिम केन्द्रमा मात्रै एघारौँ तहका कर्मचारी छन् । तालिम केन्द्रमा अहिले एघारौँ तहका बद्रिबहादुर खड्कालाई निर्देशक बनाइएको छ । यद्धपी उनलाई काठमाडौँको स्वास्थ्य प्रमुखको जिम्मेवारी समेत दिईएको छ ।

एघारौँ तहको दरबन्दी रहेको अर्को कार्यालय प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पनि अहिले देशौँ तहका नारायणबहादुर कार्कीले निमित्तको भरमा कामकाज गरिरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *