भेरोसेलको दोस्रो डोज लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले तोक्यो ३२ वटा खोप केन्द्र (सूची सहित)
काठमाडौँ, १७ असार । स्वास्थ्य कार्यालय काठमाडौँले आगामी २२ असार देखि सुरु गर्न लागेको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियानका लागि ३२ वटा खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले खोप केन्द्रहरुको सूची प्रकाशित गर्दै २५ जेठपछि भेरोसेलको पहिलो मात्रा लगाएका महानगरवासीलाई तोकिएका केन्द्रमा गएर दोस्रो मात्रा लगाउन आग्रह गरेका छन् ।
खड्काले जिल्लाभर दोस्रो खोप २४ असारसम्म चल्ने जानकारी दिदै तोकिएका केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लगाउन सकिने बताएका छन् ।
यस्तो छ खोप तालिका

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



