स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मीलाई सचिवमा बढुवा गर्न सिफारिस

2.3k
Shares

काठमाडौँ, १५ असार । लोक सेवा आयोगले स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव दामोदर रेग्मीलाई सचिव बढुवाका लागि सरकार समक्ष सिफारिस गरेको छ ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले सहसचिव रेग्मीलाई सचिव बढुवाका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

रेग्मीलाई निजामती सेवा ऐनअनुसार कुल पदको २० प्रतिशत ज्येष्ठताका आधारमा बढुवा गर्ने प्रावधानअनुसार स्वतः सचिवमा बढुवा गर्नेगरी सिफारिस गरिएको हो । रेग्मीलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले स्वतः सचिवमा वढुवा गर्नेछ ।

विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी ८ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका ५ , इन्जियरिङ सेवाका २ र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहेकामा लोकसेवा आयोगका पदाधिकारी आउनासाथ बढुवा प्रक्रिया सुरु भएको हो ।

यसअघि समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिवहरुलाई पर्का परेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *