मधुमाया बनिन् गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री

कास्की, १४ असार । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी मन्त्री मधुमाया गुरुङले पाएकी छन् । गत २९ जेठमा मन्त्रीमा नियुक्त भएकी अधिकारीले सपथ लिएको १३ दिनपछिमा आइतबार मन्त्रालय पाएकी हुन् ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले १३ दिन अघि मन्त्री नियुक्त गरेका चार जनामध्ये दुई जनालाई आइतबार मन्त्रालय तोकेका हुन् । बाँकी दुई जनाको भने अझै कुरा मिलेको छैन् ।

आइतबार अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिदा मुख्य मन्त्री पोखरेलले मन्त्री कुमार खड्कालाई शिक्षा संस्कृति प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्य मन्त्री नेपालीको सिफारिसमा  खड्का र अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

१३ दिन अघि नै मन्त्री बनेका हरिशरण आचार्य र दीपक मनाङेको मन्त्रालयमा भने सहमति जुट्न नसक्दा विना विभागीय नै रहेका छन् ।
स्वास्थ्य मन्त्री बनेकी अधिकारी प्रदेश सभामा लमजुङ क्षेत्र नं १ ख बाट समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । उनी अहिले नेकपा माओवादी केन्द्र लमजुङको जिल्ला अध्यक्ष समेत रहेकी छन् ।

जनयुद्धमा श्रीमान आशलाल गुरुङलाई गुमाएकी अधिकारी माओवादी राजनीतिमा सक्रिय महिला नेतृमा गनिन्छिन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *