देशभर २०१६ जना कोरोना संक्रमित थपिए, ४९१४ जना निको भए

292
Shares


काठमाडौँ, १२ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ४ हजार ९ सय १४ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ४ हजार ७०४ जनाको पीसीआर र ४ हजार ८०६ जनाको एन्टीजेन विधिबाट गरी कुल ९ हजार ८१० जनाको कोभिड-१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार १६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा १८१ , भक्तपुरमा २५ र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा २४९ जना थपिएका छन् ।

देशभरका कोरोना अस्पतालका आइसीयूमा ७३४ र भेन्टीलेटरमा २२२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ३० जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९७५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *