देशभर २०१६ जना कोरोना संक्रमित थपिए, ४९१४ जना निको भए
काठमाडौँ, १२ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ४ हजार ९ सय १४ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ४ हजार ७०४ जनाको पीसीआर र ४ हजार ८०६ जनाको एन्टीजेन विधिबाट गरी कुल ९ हजार ८१० जनाको कोभिड-१९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार १६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
जसमध्ये आज काठमाडौँमा १८१ , भक्तपुरमा २५ र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा २४९ जना थपिएका छन् ।
देशभरका कोरोना अस्पतालका आइसीयूमा ७३४ र भेन्टीलेटरमा २२२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आज थप ३० जनाको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९७५ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]