गण्डकी प्रदेशको स्वास्थ्य सचिव बने डा. विनोद विन्दु शर्मा

पोखरा, ८ असार । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी डा विनोद विन्दु शर्माले पाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै हेल्थ एजुकेशन समूह एघारौँ तहका प्रमुख स्वास्थ्य शिक्षा प्रशासक शर्मालाई गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको कामकाज गर्न खटाएको हो ।

शर्माले बुधबारबाट नयाँ जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

उनले आफू अब पनि कोभिड नियन्त्रण र त्यसबिरुद्धको खोपको व्यवस्थापनमै केन्द्रीत हुने बताए ।

‘१२५ जना भोलिन्टेरिय नर्सहरु कार्यरत छन, हेलो डाक्टर कार्यक्रम चौविसै घण्टा चलाएका छौँ । प्रदेशमा तीनवटा क्लस्टर बनाएर विशेषज्ञ चिकित्सकहरुलाई स्थानीय तहमा पठाएका छौँ । यसको थप व्यवस्थापन गर्ने काम हाम्रो हुन्छ,’ डा शर्माले भने ।

यसअघि डा शर्मा प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक थिए । उनले त्यहाँ करीब २ बर्ष बिताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *