सर्वोच्चद्धारा साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो मात्रा खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी

काठमाडौँ, ८ असार । सर्वोच्च अदालतले कोरोना बिरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा खोप लगाएका ६५ वर्ष नाघेका साढे १३ लाख ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो मात्रा खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

ज्येष्ठ नागरिकलाई खोप माग्दै दुई जना जेष्ठ नागरिक अर्जुनराज गिरी र पूर्णप्रसाद पौडेलले सर्वोच्च अदालतमा रिट दायर थिए । उक्त रिटमा सुनवाइ गर्दै मंगलबार सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।

विश्व स्वास्थ्य संगठनले भने कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ ।
तर नेपालमा ६५ वर्षमाथिका  ज्येष्ठ नागरिकले पहिलो मात्रा खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *