राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन लाख बढीको पीसीआर परीक्षण

काठमाडौँ, ७ असार । नेपालमा कोरोना भाइरस सुरु भएयता टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ लाख बढीको रियल टाइम पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा १३ माघ २०७६ देखि आरटीपीसीआर परीक्षण हुन थालेको हो ।

पहिलो परीक्षण भने हंङकंङ लगेर गरिएको थियो । नेपालमै परीक्षणको शुरुवात भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट शुरु भएको थियो । त्यसयता नियमित रुपमा पीसीआर परीक्षण भइरहेको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।

यसैबीच ३ लाख जनाको पीसीआर परीक्षण पुरा भएको अवसर पारी प्रयोशालाका स्वास्थ्यकर्मीहरुले सोमबार केक काटेका छन् । ‘शुरु देखि अहिलेसम्म निरन्तर सेवा दिन सकेकोले ३ लाख जना पुगेको अवसरमा केक काटिएको हो,’ सूचना अधिकारी गुप्ताले भने ।

नेपालमा सोमबारसम्म ३२ लाख ७५ हजार ८४९ जनाको आरटीपीसीार गरिएको छ । ६ लाख २२ हजार ६४० जनाको पोजेटिभ आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *