पछिल्लो २४ घण्टमा थप २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना डिस्चार्ज

312
Shares

काठमाडौँ, ५ असार । पछिल्लो चौबिस घण्टमा देशभर थप २ हजार ४ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ३ हजार ६ सय ६० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको दर ८९.३ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ७ हजार १० जनाको पीसीआर र ४ हजार ६ सय ८६ जनाको एन्टीजेन विधिबाट गरी कुल ११ हजार ६९६ जनाको कोभिड९ १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल २ हजार ४०१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा २०१ , भक्तपुरमा ४४ र ललितपुरमा ९२ जना गरी काठमाडौँ उपत्यकामा ३३७ जना थपिएका छन्।

त्यसैगरी आज थप ३४ जना संक्रमितले ज्यान गुमाएका छन् । यी सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ८७४ र भेन्टीलेटरमा २५८ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *