विदेश भ्रमण जाँदा यी २२ निजी अस्पतालले दिने पीसीआर रिपोर्टलाई मान्यता

काठमाडौँ, ५ असार । सरकारले विदेश भ्रमणमा जानेका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर र परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ निजी अस्पतालका प्रयोगशालामा गरिएको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो।

मन्त्रालयका अनुसार  कान्तिपुर डेन्टल अस्पताल बसुन्धरा, स्टार अस्पताल सानेपा, ग्रान्डी अस्पताल धापासी , ह्याम्स अस्प्ताल धुम्बाराही, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिसिटी, बी एन्ड बी, जनमैत्री, अल्का, कान्तिपुर अस्पताल तिनकुने ,  नेपाल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणलाई मान्यता दिइएको हो।

यस्तै, नेसनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्युरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई पनि यसका लागि मान्यता दिइएको छ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले स्वास्थ्य तथा जनससंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाका साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परिक्षण रिपोर्टलाई पनि विदेश यात्राका लागि मान्यता दिइएको बताए।

उनले प्रक्रिया पुर्‍याएका अरू निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने जानकारी दिए।

रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *