गल्याङ नगर अस्पतालमा दन्त विभाग सञ्चालनमा आउँदै

स्याङ्जा, ४ असार । अब गल्याङ नगर अस्पतालमा दन्त विभाग पनि सञ्चालनमा आउने भएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका डा बुद्धिमान श्रेष्ठको पहलमा नगर अस्पतालमा दन्त विभाग सञ्चालनमा आउने भएको हो ।

दन्त विभाग स्थापना गर्न रोटरी इन्टरनेशनलको ग्लोबल ग्राण्ड प्रोजेक्ट पारेको रोटरी क्लव अफ काठमाडौँ नर्थ आरआई डिस्ट्रिक ३२९२ र रोटरी क्लव अफ उकु जेनजोङ ताइवान आर आई डिस्ट्रिक ३४९० ले सहयोग गर्ने छ । उक्त विभागका लागि कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल काठमाडौले कम्तीमा २ बर्षसम्म निशुल्क रुपमा दन्त चिकित्सक उपलव्ध गराउने घोषणा गरेको छ ।

रोटरी क्वव अफ काठमाडौँ नर्थ आरआई डिस्ट्रिक ३२९२ का रोटरियन समेत रहेका केडीसीका सञ्चालक डा बुद्धिमान श्रेष्ठले ग्लोबल ग्राण्ड अन्तर्गत चार ठाँउका स्थानीय अस्पतालमा दन्त विभाग खोल्ने तयारी भएको र त्यसमध्येको एउटा गल्याङ नगर अस्पतालमा स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय भएको बताए । उनले रोटरीबाट विभागका लागि आवश्यक उपकरण तथा डेन्टल चियरहरुको व्यवस्थापन हुने र कम्तीमा दुई बर्ष केडिसीबाट दन्त चिकित्सकको व्यवस्था हुने बताए ।

ग्लोबल ग्राण्ड प्रोजेक्ट पार्नका लागि रोटरी क्लव अफ काठमाडौँ नर्थका प्रेसिडेन्ट गौतम खनाल, पाष्ट प्रेसिडेन्ट रविन्द्रजंग थापा, पास्ट प्रेसिडेन्ट बलराम राई र इमिडेट पास्ट प्रेसिडेन्ट उमेश अग्रवाल समेत क्रियाशिल थिए ।

गल्याङ अस्पतालमा अहिले केही कोभिडको बिरामी पनि छन् । डा श्रेष्ठले कोभिड नियन्त्रणमा आउनासाथ दन्त विभागको काम शुरु गरी सेवा सञ्चालनमा ल्याउने योजना भएको बताए । त्यहाँ सञ्चालनमा आएपछि कालिगण्डकी बेल्टका आम सर्वसाधारणले सेवा पाउने उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *