कोभिडको दोस्रो लहर चल्दै गर्दा स्वास्थ्यकर्मीको तालीममा तिब्रता

काठमाडौँ, १ असार । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र कोभिड -१९ को दोस्रो लहर आएकै बखत दश हजार भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई तालीम दिएको छ । केन्द्रले आन्तरिक स्रोत, विभिन्न संघसंस्था र दातृ निकायको सहयोगमा चिकित्कस, नर्स, प्यारामेडिक्स लगायतलाई तालीम दिएको हो ।

केन्द्रका निर्देशक मोहम्मद दाउदले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा गत १३ जेठ देखि २२ जेठसम्म डाक्टर नर्स र प्यारामेडिक्स गरी १० हजार ५३६ जनालाई दुई दिने क्रिटिकल केयर तालीम दिइएको बताए । विभिन्न ५ व्याच बनाएर स्वास्थ्यकर्मीहरुलाई यो तालीम भर्च्युअल विधिबाट दिइएको हो ।

यस्तै डव्लुएचओ, टिपिओ नेपाल, सीएमसी नेपाल र कान्ति बाल अस्पतालको सहयोगमा केन्द्रले विभिन्न २० व्याचका ८० जनालाई दुई दिने मानसिक स्वास्थ्य सम्वन्धी प्राथमिक उपचार, तनाव व्यवस्थापन र परापर्श सम्वन्धी तालीम दिएको छ ।

सो तालिममा कोशी , राजविराज, जनकपुर, नारायणी, भक्तपुर, मकवानपुर र रामेछाप अस्पतालका स्वास्थ्यकर्मीहरु रहेका छन् । यो पनि भरच्युअल माध्यमबाट सम्पन्न गरिएको केन्द्रका निर्देशक दाउदले बताए ।

यहीबीचमा केन्द्रले १९२ जना चिकित्सक तथा १९२ जना नर्स गरी कुल ३८४ जनाका लागि समूहमा आधारित कोभिड -१९ व्यवस्थापनका लागि अत्यावश्यक क्रिटिकल केयर तालीम सञ्चालन गरेको छ ।

कोशी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल जनकपुर, प्रदेश अस्पताल लुम्विनी, भेरी अस्पताल नेपालगञ्ज, सेती अस्पताल धनगढी, सुर्खेत अस्पताल, र वीर अस्पतालमा यो तालीम सञ्चालन गरिएको हो ।

विभिन्न २४ व्याचमा बाढिएको यो तालिमका लागि एसएसबीएच, एफएचआई३६० र डव्लुएचओको सहयोग गरेको बताइएको छ । निर्देशक दाउदले यो तालीमको कतिपय व्याचले पुरा गरिसकेको र केही पुरा गर्ने क्रममा रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *