काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो

632
Shares


काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ । आइतबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ३१ जेठ देखि  ७ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  जोखिम कम भएपनि कोरोनाको चेनब्रेक गर्न केही समय थप निषेधाज्ञा लगाउनु पर्ने विज्ञहरुको सुझाव समेतलाई हेरेर यस्तो निर्णय लिइएको  बताए।

पराजुलीका अनुसार बिहान ९ बजेसम्म खोल्न पाइने तरकारी तथा खाद्यान्न पसल अब बिहान ११ बजेसम्म खोल्न पाउने निर्णय भएको छ ।  अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । त्यसैगरी पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।  अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको जिल्ला अधिकारी पराजुलीले बताए।

काठमाडौँ उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लागू भएकोे थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *