कोभिडको उपचार नि:शुल्क हुने अस्पतालमा यी सेवा भने स:शुल्क (सूची सहित)

काठमाडौँ, ३० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटा प्रदेशमा ८३ वटा अस्पतालसंग सम्झौँता गरी कोभिडको उपचार नि:शुल्क हुने व्यवस्था मिलाएको छ । मन्त्रालयले केन्द्रीय अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र निजी अस्पतालहरुसंग नि:शुल्क उपचारका लागि सम्झौँता गरेको हो ।

तर, कतिपयले सम्झौँता भएका अस्पतालहरुमा कोभिड – १९ को उपचार गराउँदा विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने गुनासो गरेका छन् ।

मन्त्रालयले भने निशुल्क भनेर तोकिएका अस्पतालहरुको खर्चको सोधभर्ना आफूकहाँबाट लैजाने भन्दै शुल्क तिर्न नपर्ने स्पष्ट पारेको छ ।

तर, उपचारका क्रममा प्रयोग हुने केही परीक्षणको लागि भने विरामी पक्षले शुल्क तिर्नुपर्ने बताएको छ ।

सम्झौँता गरिएका अस्पतालमा के के हुन्छन् निशुल्क ?
१ सामान्य रगत परीक्षण (जस्तै सिरम युरिया, क्रियटिनिन, सुगर, सीआरपी, सिबिसी, हेमोग्लोविन, इएसआर, एएसटी, एएलटी आदी)
२ छातीको एक्सरे
३ उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधिहरु
४ बिरामीको बेड चार्ज
५ खाजा, खाना सहित चार छाक
६ चिकित्सक तथा नर्सहरुको राउण्ड सेवा
७ अक्सिजन

कोभिड -१९ को निशुल्क उपचारमा समावेश नहुने सेवाहरु
१ आइसीयू बाहेकका बिरामीमा पीसीआर
२ रेम्डेसिभिर
३ प्लाज्मा थेरापी
४ सिटिस्क्यान
५ हायर एन्टीबायोटिक्सहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *